राष्ट्रपति चुनावका लागि आज मतदाता नामावली प्रकाशन, फागुन १३ गते मनोनयन दर्ता
१० फाल्गुन २०७९, बुधबार ११:१६

निर्वाचन आयोगले राष्ट्रपति चुनावका लागि आज मतदाता नामावली प्रकाशन गर्दैछ । आयोगले आज नयाँ बानेश्वरमा रहेको संसद भवन परिसरमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयबाट मतदाता नामावली प्रकाशन गर्ने भएको हो ।
नामावली प्रकाशनपछि दाबी विरोध गर्ने तथा नाम सच्च्याउन २ दिनको समय दिइनेछ । मतदानका लागि फागुन १३ गते मनोनयन दर्ता हुनेछ ।
फागुन २५ गते राष्ट्रपति चयनका लागि मतदान हुँदैछ । राष्ट्रपतिको चुनावमा संघीय संसद्को दुवै सदन राष्ट्रिय सभा र प्रतिनिधि सभा तथा सातवटै प्रदेशका प्रदेश सभा सदस्य मतदाता हुने कानुनी व्यवस्था छ । बर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २८ गते सकिँदैछ ।












