न्यादी हाइड्रोपावरको वार्षिक साधारण सभा चैत ६ गते, बुकक्लोज कहिले ?

काठमाडौं । न्यादी हाइड्रोपावर लिमिटेडले आफ्नो १५औँ वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो चैत ६ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको बबरमहलस्थित कार्की ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ ।
सभाले सर्वसाधारण सेयरधनीहरुका तर्फबाट प्रतिनिधित्व गर्ने एकजना महिला सञ्चालकसहित दुईजना सञ्चालकहरुको निर्वाचन गर्नेछ । सभामा आर्थिक वर्ष २०७८–७९को वार्षिक र लेखापरीक्षकको प्रतिवेदन छलफल गरी स्वीकृत गरिनेछ ।
वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले फागुन १९ गतेदेखि चैत ६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ फागुन १८ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको सभामा भाग लिन पाउनेछन् ।












