बाजुरा विछ्या आसपास केन्द्रबिन्दु बनाएर ५.२ म्याग्निच्युडको भूकम्प
१० फाल्गुन २०७९, बुधबार १४:३१

काठमाडौं । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस भएको छ। आज दिउँसो १ बजेर ४५ मिनेटमा बाजुराको विछ्या आसपास केन्द्रबिन्दु भएर ५।२ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।
भूकम्पबाट कुनै क्षति भएको जानकारी अहिलेसम्म आएको छैन ।यसअघि माघ १० गते बाजुरामै केन्द्रबिन्दु भएर गएको ५।९ म्याग्निच्युडको भूकम्पमा परेर एक जनाको ज्यान गएको थियो ।
त्यसपछि माघ १२ गते पनि बाजुरामा केन्द्रबिन्दु भएर ४।१ म्याग्निच्युडको भूकम्प गएको थियो ।












