केही दिनदेखि वितण्डा मच्चाइरहेको हात्तीलाई नियन्त्रणमा लिन सांसद बर्तौलाको माग
१२ फाल्गुन २०७९, शुक्रबार १६:१३

काठमाडौं । मकवानपुरमा केही दिनदेखि आतंक मच्चाइरहेको हात्तीलाई तत्काल नियन्त्रणमा लिन नेकपा एमालेका सांसद महेशकुमार बर्तौलाले सरकारसँग माग गरेका छन् ।
एमगज नाम दिइएको उक्त हात्तीको आक्रमणबाट केही दिनअघि मारिएकी मनहरी गाउँपालिकाकी ६४ वर्षीया राधा अधिकारीको परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न माग गर्दै बर्तौलाले सो हात्तीलाई तत्काल नियन्त्रणमा लिई स्थानीयको बाच्न पाउने अधिकार सुनिश्चित गर्न अनुरोध गरेका हुन् ।
पछिल्लो एक सातादेखि मकवानपुरको विभिन्न स्थानमा पोथी खोज्दै हिँडेको एमगज हात्तीले बितण्डा मच्चाएपछि सांसदले उक्त माग गरेका हुन् ।












