प्रचण्डले गद्दारी गरेपछि एमाले सरकारबाट बाहिरिने, अर्थमन्त्री पौडेल विदा हुँदै

१२ फाल्गुन २०७९, शुक्रबार २०:१९

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले गद्धारी गरेपछि संसदको दोस्रो ठूलो दल एमाले सरकारबाट बाहिरिने लगभग निश्चित भएको छ । प्रधानमन्त्री प्रचण्डले भारतीय डिजाईनमा परेर राष्ट्रपतिमा भारतीय समर्थकलाई सघाउन एमालेसँगको गठबन्धन तोड्ने निर्णयसँगै एमालेबाट सरकारमा प्रतिनिधित्व गरेका मन्त्रीहरु बाहिरिने भएका हुन् ।

पछिल्लो पटक विकसित राजनीतिक घटनाक्रमसँगै अर्थमन्त्री विष्णु पौडेलसमेत सरकारबाट बाहिरिने भएका छन् । लगानीकर्ताहरुले आशा र विश्वास गरेका अर्थमन्त्री हट्ने हल्ला र चर्चासँगै हिजो बिहिवार उच्च अंकले शेयर बजार घटेको थियो ।

यसअघिका अर्थमन्त्री जनार्दन शर्माको गलत नीतिको कारण आर्थिक अवस्था तहस नहस हुँदा बिग्रेको अर्थव्यवस्था सुध्रने आशामा रहेका लगानीकर्ताहरु प्रचण्डले राष्ट्रपति पदका लागि गरेको धोकाघडी कारण थप अन्योल र भद्रगोल हुने भएको छ । देशको आर्थिक अवस्था भद्रगोल हुँदा समेत सत्ता र कुर्सीकै लागी र्याल चुहाउँदै आएका राजनीतिक पार्टीहरुका विरुद्धमा झापाका व्यापारी दुर्गा प्रसाई आगामी फागुन २० गतेदेखि काठमाडौंकेन्द्रीत आन्दोलनको घोषणा गरेका छन् ।

आज बसेको कांग्रेस–माओवादीसहितका दलहरुको बैठकले राष्ट्रपति सत्ता गठबन्धन बाहिर गई कांग्रेसका उम्मेदवारलाई राष्ट्रपति सघाउने निर्णय भएको छ । सो निर्णय अनुसार अब भोलि नेपाली कांग्रेसको पदाधिकारीको बैठक बसेर राष्ट्रपतिको उम्मेदवार चयन गर्नेछ । भोलि नै राष्ट्रपतिको उम्मेदवार मनोनयन गर्ने निर्वाचन कार्यतालिका रहेको छ ।

गत पुस १० गते एमालेको प्रस्तावमा प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्ड दुई महिना पुग्नेवित्तिकै गठबन्धन परिवर्तन गरी भारतीय डिजाइनमा अघि बढेका हुन् । यसअघि चीनको सहयोगमा एमालेको समर्थन पाएका माओवादी अध्यक्ष प्रचण्डलाई बेईजिङले पटक-पटक धोका दिने चरित्रहिन नेताको रुपमा बुझ्दै आएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*