काठमाडौंमा यसपालिको पहिलो हिउँद बर्षा

१४ फाल्गुन २०७९, आईतवार १५:५५

काठमाडौं । आइतबार काठमाडौंमा यसपालिको पहिलो हिउँद वर्षा भएको छ। मौसम पूर्वानुमानका अनुसार आइतबार अपरान्ह काठमाडौंमा वर्षा भएको जनाएको छ। ।काठमाडौंमा यसपालिको पहिलो हिउँदे वर्षा हो।पश्चिमी वायुको प्रभावका कारण आइतबार देशैभरिका पहाडी क्षेत्रमा मौसम बदली भएको छ। पोखरा, लमजुङ, गोरखालगायत क्षेत्र हल्का वर्षा भएको छ।

केही घन्टामै पानी रोकिएर आकाश खुल्ने भए पनि भोलि दिउँसो भने मौसम बदली हुने सम्भावना रहेको मौसम पूर्वानुमानले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*