लगातार बृद्धि भएको शेयर बजार २ हजारको विन्दुमा उक्लियो

काठमाडौं। यो साता शेयर बजार सुधारको बाटोतर्फ गएको देखिन्छ। सरकार लगानीकर्ताको पक्षमा रहेको र पुँजी बजारको समग्र हितमा काम गर्ने अर्थमन्त्रीको घोषणासँगै विश्वस्त बनिरहेका लगानीकर्ता उत्साहित भएको देखिन्छ । स्थायी सुधारको आधार पर्खिरहेका लगानीकर्ता मौद्रिक नीतिमार्फत हुने व्यवस्थाको पर्खाइमा छन्।
आज पनि नेप्सेमा ३९।५१ प्रतिशतले बढेको छ । मंगलबार ३४.१७ अंकले बढेर बजार २०२०.६४ बिन्दुमा पुगेको छ। १ सय ९६ कम्पनीको सेयर मूल्य बढेको बजारमा ४ अर्ब १२ करोड ६६ लाख ९५ हजार रूपैयाँको कारोबार भएको छ। यो गएको केही महिनायताकै ठूलो कारोबार रकम हो।यो साता आइतबार ४०.४८ अंकले बढेर १९८०.०९ बिन्दुमा पुगेको बजार सोमबार सामान्य रुपमा बढेको हो। सोमबार ७.७९ अंकले बढेर १९८७.८७ बिन्दुमा पुगेको थियो।

आउँदो आर्थिक वर्षको बजेटमा नै पनि पुँजी बजार पारदर्शी, प्रतिस्पर्धी बनाएर लगानीकर्ताको हित सुनिश्चित गर्ने घोषणाबीच मौद्रिक नीतिको पर्खाइमा रहेका लगानीकर्ता साथ मिल्ने आशमा देखिएका छन्। अहिलेको अवस्थामा संगठित लगानीकर्ताहरू बजारको स्थायी सुधारका आधार स्पष्ट हुनुपर्ने बताउँदै आइरहेका छन्। अब आउने मौद्रिक नीतिको पर्खाइमा देखिएका लगानीकर्ता त्यसपछि मात्रै बजारको अवस्था आँकलन गर्न मिल्ने बताउँछन्।
करको दरको हेरफेरको बिषयमा अन्यौलता सिर्जना भएसँगै शेयर बजार अस्थिर भएको थियो । अर्थमन्त्रीसँग पुँजिबजारको बिषयमा भएको सहमतीपश्चात् केही सु्धारका पक्षहरु देखिएसँगै शेयर बजार सुधारको लयतर्फ फर्किएको देखिएको छ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले लगानीकर्ताको पक्षमा आफू रहेको बताउँदै बजार सुधारतर्फ लैजानका लागि निरन्तर प्रयास गरिरहँदा कारोबार उतारचढावमा रहँदै वृद्धितर्फ लागेको देखिन्छ।












