लिलाम गरेको धितो बिक्री नहुँदा बैंकहरु तनाबमाः वर्षदिनमा ९ अर्बले बढ्यो गैरबैंकिङ सम्पत्ति, कुनको कति?

२ बैशाख २०८३, बुधबार १३:५८

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाको गैरबैंकिङ सम्पत्ति निरन्तर उकालो लागि रहेको छ । बैंकहरुले अपनाएको कर्जा विस्तार रणनीतिले अपेक्षित प्रतिफल नदिँदा अहिले त्यसको प्रत्यक्ष असर गैरबैंकिङ सम्पत्तिको भारका रूपमा सतहमा आउन थालेको हो ।

कर्जा असुली कमजोर हुँदा बैंकहरूले आफ्नो मूल व्यवसायभन्दा बाहिरका सम्पत्तिहरू बोकेर बस्नुपर्ने अवस्था सिर्जना भएको छ । कर्जा तिर्न असफल भएका ऋणीहरूले छाडेका घर, जग्गा, भवन तथा अन्य सम्पत्तिहरू लिलामीमार्फत बिक्री गर्ने प्रयास पटक–पटक असफल हुँदा बैंकहरू आफैं ती सम्पत्तिको स्वीकार गर्ने बन्न बाध्य छन् ।

गैरबैंकिङ सम्पत्तिको आकार बढ्दै जाँदा बैंकका सञ्चालक तथा व्यवस्थापकहरूमा चिन्ता र दबाब बढ्दै गएको छ । अहिले बैंकहरूलाई कर्जा नउठेकोभन्दा पनि उठ्न नसकेका सम्पत्तिहरू कसरी व्यवस्थापन गर्ने भन्ने प्रश्नले बढी सताइरहेको देखिन्छ । बिक्रीका लागि बारम्बार सूचना निकाल्दा पनि ग्राहक नआउनु, घरजग्गा बजार सुस्त हुनु र समग्र अर्थतन्त्र मन्द गतिमा चल्नुले बैंकका धितो सम्पत्ति नगदमा रूपान्तरण हुन सकेका छैनन् ।

चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा आइपुग्दा बैंक तथा वित्तीय संस्थासँग ५१ अर्ब ३३ करोड रुपैयाँ गैरबैंकिङ सम्पत्ति पुगेको छ । गत आर्थिक वर्ष को फागुन मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुको गैर बैंकिङ सम्पत्ति ४२ अर्ब ५ करोड रुपैयाँ थियो । एक वर्षको अवधिमा बैंक तथा वित्तीय संस्थाको गैरबैंकिङ सम्पत्ति ९ अर्ब २८ करोडले बढेको हो ।

चालु आर्थिक वर्षको फागुन मसान्तसम्म वाणिज्य बैंकको ४३ अर्ब ४७ करोड, विकास बैंकको ४ अर्ब ७२ करोड र फाइनान्स कम्पनीको ३ अर्ब १२ करोड रुपैयाँ

वाणिज्य बैंकको अवस्था थप खतरानाथ

चालु आर्थिक वर्ष २०८२।०८३ को फागुन मसान्तसम्म आइपुग्दा वाणिज्य बैंकहरुको गैरबैंकिङ सम्पत्ति ४३ अर्ब ४७ करोड ६५ लाख रुपैयाँ पुगेको छ । जुन गत वर्षको सोहि अवधिको तुलनामा २० प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा वाणिज्य बैंकहरुको गैरबैंकिङ सम्पत्ति २६ अर्ब २० करोड ८७ लाख रुपैयाँ थियो ।

सर्वाधिक गैरबैंकिङ सम्पत्ति रहने बैंकमा हिमालयन बैंक पहिलो नम्बरमा रहेको छ । यसअवधिमा बैंकको गैरबैंकिङ सम्पत्ति ३४.२९ प्रतिशतले बढेर ६ अर्ब ८ करोड ९७ लाख रहेको छ ।

दोस्रो नम्बरमा रहेको ग्लोबल आइएमई बैंकको गैरबैंकिङ सम्पत्ति १.६४ प्रतिशतले बढेर ५ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ भने तेस्रो नम्बरमा रहेको प्राइम बैंकको ११७.३९ प्रतिशतले बढेर ४ अर्ब ४० करोड रुपैयाँ रहेको छ ।

वाणिज्य बैंकहरुमा सबैभन्दा कम गैरबैंकिङ सम्पत्ति हुने बैंकमा नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंक रहेको छ । नेपाल बैंकको यस्तो सम्पत्ति १२.३१ प्रतिशतले बढेर २२ करोड ९० लाख रुपैयाँ पुगेको छ भने राष्ट्रिय वाणिज्य बैंकको २.९८ प्रतिशतले घटेर २८ करोड ८७ लाख रुपैयाँ रहेको छ ।

कुनको कति ?

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*