शिक्षामन्त्री र बेलायतका राजदूतबीच भेटवार्ता

२ बैशाख २०८३, बुधबार १२:०२

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेल र संयुक्त अधिराज्य बेलायतका राजदूत रब फेनबीच भेटवार्ता भएको छ।

शिक्षामन्त्री पोखरेलको कार्यकक्षमा भएको उक्त भेटवार्तामा नेपाल–बेलायत सम्बन्धका साथै आपसी सहयोग र सहकार्यका विविध विषयमा छलफल भएको छ।

शिक्षामन्त्री पोखरेलले शैक्षिक संस्थाका लागि बेलायतबाट प्राप्त सहयोगका लागि आभार व्यक्त गर्दै सातवटै प्रदेशमा सञ्चालन हुन लागेको अटिजम स्कूललाई सघाउन समेत अनुरोध गरेका छन्। विद्यालयका लागि स्रोत र जनशक्ति विकासमा सहयोग गर्न अनुरोध गरेका हुन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*