नेशनल हाइड्रोपावरको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन
३२ जेष्ठ २०८०, बिहीबार ०९:३९

काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले हकप्रद शेयर निष्काशन प्रयोजनार्थ भोली अर्थात असार १ गते बुकक्लोज गर्दैछ ।
यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशतका दरले हकप्रद शेयर निष्काशन गर्न लागेको हो। यस अनुसार कम्पनीले ८२ करोड २१ लाख ४५ हजार ९७१ रुपैयाँ ७८ पैसा बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ८२ लाख २१ हजार ४५९.७१७८ कित्ता शेयर निष्काशन गर्नेछ ।












