सरकारद्धारा मंगलबार राष्ट्रिय शोकको घोषणा

२२ आश्विन २०८०, सोमबार १९:३३

सरकारले मंगलबार राष्ट्रिय शोकको घोषणा गरेको छ । इजरायलमाथि प्यालेस्टाइनी कट्टरपन्थी समूह हमासले गरेको आक्रमणमा १० नेपाली विद्यार्थीको मृत्यु हुँदा शोक सरकारले राष्ट्रिय शोकको घोषणा गरेको हो ।

सोमबार बसेको मन्त्रिपरिषद्को विशेष बैठकले उक्त निर्णय गरेको हो । जस अनुसार भोली देशभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली नियोगहरुमा राष्ट्रिय झन्डा आधा झुकाउने छ । यसकासाथै उक्त आक्रमणमा परी निधन हुनेका परिवारलाई १०(१० लाख रूपैयाँ राहत दिने पनि सरकारले निर्णय गरेको छ ।

यसैगरी, इजरायलमा रहेका नेपाली फर्किन चाहेमा नेपालीहरूलाई यथाशीघ्र नेपाल ल्याउने निर्णय पनि बैठकले गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*