धितोपत्र बोर्डको नयाँ अध्यक्ष नियुक्तिको लागि चार जना सर्टलिस्टमा, को-को परे ?

काठमाडाौं । नेपाल धितोपत्र बोर्डको नयाँ अध्यक्ष नियुक्तिको लागि अध्यक्ष छनौट सिफारिस समितिले ४७ जना आवेदकमध्येबाट चार जनाको नाममा सर्टलिस्टिङ गरेको छ।
समितिले २०८३ वैशाख १५ गते इच्छुक व्यक्तिहरूसँग व्यक्तिगत विवरण माग गरेको थियो। तोकिएको म्यादभित्र जम्मा ४७ जनाले विवरण पेश गरेकामा ती सबैको मूल्याङ्कन गरेपछि समितिले डा। नवराज अधिकारी, विनयदेव आचार्य, मुकुन्द कुमार क्षेत्री र डा। गोपाल प्रसाद भट्टलाई सङ्क्षिप्त सूचीमा राखेको हो। सर्टलिस्टमा परेका ४ मध्ये दुइ राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन् भने दुइ धितोपत्र बोर्डका पूर्व कार्यकारी निर्देशक हुन्। भट्ट र क्षत्री राष्ट्रबैंकका क्याडर हुन।
सूचीमा परेका यी चारै उम्मेदवारसँग २०८३ वैशाख ८ गते शुक्रबार अर्थ मन्त्रालयमा छलफलका लागि बोलाइएको छ।













