जारमा किरा भेटिएपछि काठमाडौं महानगरले तिरायो एक लाख जरिवाना

२३ आश्विन २०८०, मंगलवार १७:५६

काठमाडौं । खानेपानीको जारमा किरा भेटिएपछि काठमाडौं महानगरले त्रिकोण बेभरेज इन्डस्ट्रिजलाई एक लाख रुपैयाँ जरिवाना तिराएको छ ।

बजार अनुगमन समितिले अनुगमनका क्रममा पानीको जारमा किरा भेटिएको हो । महानगरले बालाजु औद्योगिक क्षेत्रमा रहेको उक्त कम्पनीको कारखानामा अनुगमन गरेको थियो । अबबाट जारमा पानी भर्दा निर्मलीकरण गरी भर्न र ब्याज रिपोर्ट पानी ढुवानीकर्तालाई प्रत्येक महिना उपलब्ध गराउन महानगरले निर्देशन दिएको छ ।

चाडपर्व नजिकिदै गर्दा महानगरले खाद्य वस्तुमा अनुगमन कार्य तिव्र रुपमा बढाईरहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*