डलरको भाउ हालसम्मकै महंगो
१७ पुष २०८१, बुधबार ०७:२८

काठमाडौं । बुधबार अमेरिकी डलर हालसम्मकै महंगो बनेको छ। नेपाल राष्ट्र बैंकका अनुसार यस दिन एक अमेरिकी डलरको खरिदमूल्य १३६.६९ रुपैयाँ र बिक्रीमूल्य १३७.२९ रुपैयाँ कायम भएको छ। जुन हालसम्मकै उच्च हो।
यस दिन एक युरोको खरिदमूल्य १४२.३५ रुपैयाँ र बिक्रीमूल्य १३७.२९ रुपैयाँ छ भने एक अष्ट्रेलियन डलरको खरिदमूल्य ८४.९० रुपैयाँ र बिक्रीमूल्य ८५.२८ रुपैयाँ कायम भएको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमयदर अनुसार आज एक कुवेती दिनारको खरिदमूल्य ४४३.६५ रुपैयाँ र बिक्रीमूल्य ४४५.६० रुपैयाँ छ भने १० जापानिज यनको खरिदमूल्य ८.७२ रुपैयाँ र बिक्रीमूल्य ८.७६ रुपैयाँ रहेको छ।












