हेटौडास्थित शिवम् सिमेन्टविरुद्ध स्थानीयबासी आन्दोलित
१५ माघ २०८१, मंगलवार ११:०२

हेटौडा । मकवानपुरको हटियामा रहेको शिवम् सिमेन्टले ज्यादती गरेको भन्दै स्थानीयबासीहरु आन्दोलित बनेका छन् । शिवम् सिमेन्टले १० वर्षदेखि गरेको सडक बनाउन सम्झौता पालना नगरेको, सडक क्षमताभन्दा बढि लोड बोकेको टिपरहरु हिडाएको भन्दै आन्दोलन गरेका हुन् ।
स्थानीय लक्ष्मी बैंकटेश टोल विकास संस्थाका अध्यक्ष दामोदर दाहालको संयोजकत्वमा आन्दोलन भएको हो । त्यसैगरी, चुच्चेखोला सामुदायिक संस्था र अशोक सामुदायिक वनमा आबद्ध स्थानीयबासी, साना किसान सहकारी संस्था र चुच्चेखोला टोल विकास समितिका स्थानीयबासीले कान्तिलोकपथबाट शिवम् सिमेन्ट जाने बाटो बन्द गरेर आन्दोलन गरेका हुन् ।
स्थानीयबासीले गरेको आन्दोलनमा स्थानीय राजनीतिक पार्टीहरुले समेत समर्थन रहेको छ ।











