बीमा प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक सुवेदीलाई लघुबीमाका सीईओहरुले दिए बधाई

काठमाडौँ । नेपाल बीमा प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक सुशिल देव सुवेदीलाई नेपाल लघु बीमक संघले सफल कार्यकालको लागि शुभकामना तथा बधाई दिएको छ ।
बुधबार लघुबीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुले नवनियुक्त कार्यकारी निर्देशक सुवेदीको कार्यकक्षमा सहभागी भएर सफल कार्यकालको शुभकामना तथा बधाई ज्ञापन गरेका हुन् । नेपालमा सञ्चालित ७ वटा लघु बीमक कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुले संयुक्त रुपमा बधाइ ज्ञापन गरेका हुन् ।
बुधबार बधाई ज्ञापन कार्यक्रममा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी, स्टार माइक्रो इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बिश्व राम तिमिला, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नरेश कुमार रोका, लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राम कुमार यादव लगायतको सहभागिता रहेको छ ।
त्यस्तै, ट्रष्ट माइक्रोे इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत उज्जल ढुङ्गाना, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मृगेन्द्र नाथ रिमाल र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रताप मान श्रेष्ठको सहभागीतामा बधाई ज्ञापन गरेका छन् ।











