टाटा मोटर्सको ‘एक्सचेन्ज विथ लभ’ कार्यक्रम: पुराना गाडी साटेर आकर्षक सुविधा पाउन सकिने

२७ माघ २०८१, आईतवार १८:२६

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले आगामी माघ २८ देखि फागुन ३ गतेसम्म ‘भ्यालेन्टाइन स्पेशलस् एक्सचेन्ज विथ लभ’ कार्यक्रम आयोजना गर्ने भएको छ। यो विशेष योजना फेब्रुअरी ९ देखि १५ तारिखसम्म देशभरका टाटा शोरुमहरूमा सञ्चालन हुनेछ।

कार्यक्रम अन्तर्गत ग्राहकहरूले जुनसुकै ब्रान्डका पुराना गाडीहरू साटेर टाटा मोटर्सका आधुनिक इलेक्ट्रिक मोडेलहरू टियागो ईभी र पञ्च ईभी खरिद गर्न सक्नेछन्। यी गाडीहरू उन्नत प्रविधि र उच्च प्रदर्शनका कारण नेपालमा लोकप्रिय बन्दै आएका छन्।

ग्राहकलाई विशेष सुविधा

‘एक्सचेन्ज विथ लभ’ योजनामा सहभागी हुने ग्राहकहरूलाई निम्न सुविधाहरू प्रदान गरिने कम्पनीले जनाएको छस्
-आकर्षक एक्सचेन्ज बोनस
-निःशुल्क इम्बोस्ड नम्बर प्लेट
-१ वर्षको वार्षिक सवारी कर निःशुल्क
-सिप्रदीको चार्जिङ्ग नेटवर्कमा जीवनभर निःशुल्क चार्जिङ्ग
-निःशुल्क चार्जिङ्ग बक्स ९जडानसहित०
-हरेक बुकिङमा आकर्षक उपहारहरू

कार्यक्रममा सहभागी ग्राहकहरूले टाटा मोटर्सका नवीनतम र आकर्षक डिजाइनका सवारी साधनहरू अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन्। टाटा मोटर्सले ग्राहकहरूलाई यो अवसरको लाभ उठाउन आग्रह गर्दै उत्कृष्ट अफरहरूको फाइदा लिन शोरुमहरूमा समयमै आउन अनुरोध गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*