पिपुल्स पावर हाइड्रोपावरको वित्तीय अवस्था दयनीय, ६ महिनामा ५ करोड नोक्सानी

काठमाडौँ । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
प्रकाशित विवरण अनुसार कम्पनीले समीक्षा अवधिमा ५ करोड ६१ लाख ८ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ । गत वर्षको यसैअवधिमा यो कम्पनी ७२ लाख ४१ हजार रुपैयाँ घाटामा थियो । गत वर्षको तुलनामा नोक्सानी बढेको हो ।
विद्यतु बिक्रीबाट हुने आम्दानी १५ करोड ३७ लाखबाट बढेर ५३ करोड ३७ लाख रुपैयाँ पुगेको छ । यता, वित्तीय खर्च भने ३ करोड ११ लाखबाट बढेर ३० करोड ६० लाख पुगेको छ । उक्त आम्दानी बढ्दा कम्पनीको नोक्सानी पनि बढेको हो । यसको बिक्री लागत (कस्ट अफ सेल्स) २२ करोड ३५ लाख रुपैयाँ छ ।
३ अर्ब २० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ १५ करोड ७४ लाख रुपैयाँले ऋणात्मक छ । इपीएस ३.५१ रुपैयाँ ऋणात्मक छ । प्रतिसेयर नेटवर्थ ९५.२५ रुपैयाँ छ ।











