मंगलबार बढ्यो सुनको मूल्य, कतिमा हुदैछ आज कारोबार ?
२९ माघ २०८१, मंगलवार ११:१४

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुन प्रतितोला एक लाख ७० हजार २०० रुपैयाँमा कारोबार भईरहेको छ ।
आज चाँदीको मूल्य ३० रुपैयाँले घटेर प्रतितोला एक हजार ९४५ रुपैयाँमा खरिद–बिक्री भईरहेको छ ।











