शिक्षित युवालाई विनाधितो २० लाखसम्म सहुलियत कर्जा दिने घोषणा
१५ जेष्ठ २०८२, बिहीबार १६:४४

काठमाडौं । सरकारले शिक्षित युवालाई उद्यम गर्न विनाधितो २० लाख रुपैयाँसम्म कर्जा दिने घोषणा गरेको छ ।
उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट भाषण गर्दै वार्षिक तीन प्रतिशत ब्याजदरमा उक्त कर्जा दिने बताएका हुन्।
शिक्षित युवालाई उद्यमशील र स्वरोजगार बनाउन शैक्षिक योग्यता, व्यवसाय दर्ता, परियोजना प्रस्तावका आधारमा विनाधितो दुईदेखि २० लाख ऋण दिने उल्लेख गरेका हुन्।