नेपाल बीमा तथा जोखिम व्यवस्थापन संघको छैठौं वार्षिकोत्सव सम्पन्न

४ असार २०८२, बुधबार १८:०९

काठमाडौं । नेपाल बीमा तथा जोखिम व्यवस्थापन संघ –निर्मा) को छैठौं वार्षिकोत्सव भव्य रुपमा सम्पन्न भएको छ । संघले बुधबार काठमाडौंको तिनकुनेस्थित सिद्धार्थ कटेजमा एक भव्य कार्यक्रमको आयोजना गरी बीमा र हाइड्रोपावरको विषयमा अन्तक्रिया कार्यक्रम गरी वार्षिकोत्सव सम्पन्न गरेको हो ।

वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहेका नेपाल बीमा प्राधिकरणका अध्यक्ष सरद ओझाले जलविद्युत् बीमामा देखिएका सम्पूर्ण समस्या चाँडै समाधान हुने गरी प्राधिकरणले काम गरिरहेको बताएका छन् ।

अध्यक्ष ओझाले बीमा क्षेत्र व्यवस्थापनमा संघको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै बीमा क्षेत्रलाई अझ व्यवस्थित, पारदर्शी र विश्वासिलो बनाउन प्राधिकरणले निरन्तर मिहिनेत र सुधारका प्रयास गरिरहेको बताए। जलविद्युत् बीमालाई थप सहज बनाउन बीमा प्राधिकरण, बीमा कम्पनीहरू र हाइड्रोपावर प्रवद्र्धकहरूबीच समन्वय आवश्यक रहेको बताए ।

कार्यक्रमका अतिथी नेपाल बीमक संघका अध्यक्ष बिरेन्द्र बैदवार क्षेत्रीले हाइड्रोपावर क्षेत्रको विकासका लागि विशेष बीमा पोलिसी आवश्यक रहेको बताएका छन्।

 

हाइड्रोपावरमा लगानी भित्र्याउन बीमाले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै उनले अहिले लागू भईरहेको सम्पत्ति बीमामा हाइड्रोपावर समेटिएको तर यो उपयुक्त व्यवस्था नभएको स्पष्ट पारेका हुन् । ‘हाइड्रोपावर र साधारण सम्पत्ति बीमाका विशेषता फरक हुन्छन्’ अध्यक्ष बैदवारले भने, ‘यही कारणले दावी भुक्तानी गर्दा विभिन्न समस्या देखिन्छ।’

त्यस्तै, नेपाल बीमा प्राधिकरणका पूर्व अध्यक्ष फत्त बहादुर केसीले नेपालमा हाइड्रोपावर क्षेत्रमा उपयुक्त बीमा मोडेल आवश्यक रहेको बताएका छन्। उनले हाइड्रोपावरलगायतका क्षेत्रमा बीमाको प्रभावकारी व्यवस्था गर्न नियामक निकाय, बीमा कम्पनी र सम्बन्धित स्टेक होल्डरबीच आवश्यक समन्वय हुनुपर्नेमा जोड दिए।

‘यहाँ सबैले एक अर्कालाई दोष दिएर डिभोर्स गर्ने काम मात्र भएको छ’ केसीले भने, ‘अब सबै मिलेर लभ गर्ने तरिकाले अघि बढ्नुपर्छ।’ उनले बीमा हुने जोखिममा सरकार आफैंले पनि ‘सेल्फ इन्स्योरेन्स’ गर्ने व्यवस्था भए अझ प्रभावकारी हुने उल्लेख गरे। साथै, बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने राष्ट्र बैंकजस्ता नियामक निकायहरूसँग पनि समन्वय आवश्यक रहेको उनको भनाइ थियो।

त्यस्तै, संस्थाले आफ्नो छैठौं वार्षिकोत्सवको अजसरमा बिभिन्न संघ, सस्थाका पदाधिकारीहरुलाई सम्मान प्रदान गरेको छ । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सरद ओझाले निर्मामा लामो समय काम गर्दै आएका निर्माका सदस्य तथा निर्मालाई विभिन्न कार्यक्रम संचालन गर्न सहयोग गर्ने संघ सस्थाका पदाधिकारीलाई सम्मानित गरेका हुन ।

बीमा र हाइड्रोपावर सम्बन्धि आयोजित अन्तरक्रियामा विभिन्न संघ, संस्था तथा इप्पान लगायतो सहभागिता रहेको थियो । कार्यक्रममा उपस्थित भएका विभिन्न संस्थाका पदाधिकारीले जलविद्युत बीमामा भएका समस्याहरु उल्लेख गर्दै समस्याको समाधानको उपाय समेत बताएका थिए । कार्यक्रममा धारणा व्यक्त गरेका अधिकांश वक्ताहरुले हाइड्रोपावरको बीमा सम्पत्तिमा उल्लेख गरेर मुल्यांकलन गर्न नसकिने र यसको लागि सम्बन्धित सबै निकाय बसेर छलफल गरी नयाँ पोलिसी बनाइ समस्या समाधान गर्नुपर्ने बताएका थिए ।

कार्यक्रमको अध्यक्षतामा रहेको निर्माका अध्यक्ष डा. रबिन्द्र घिमिरेले उपस्थित सम्पूर्ण पदाधिकारीलाई धन्यवाद व्यक्त गर्दै सहयोगी संस्था लगायतलाई मायाको चिनो वितरण गरेका थिए । कार्यक्रम निकै उपलब्धिपूर्ण रहेको र आउँदो दिनमा समेत बीमा जनचेतना र बीमामा रहेका समस्या समाधानमा निर्माले महत्वपूर्ण भूमिका खेल्दै जाओस भन्दै उपस्थित पदाधिकारीले शुभकामना दिएका थिए ।

वार्षिकोत्सव कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष प्रमुख अतिथिका रुपमा रहेका थिए भने कार्यक्रमको अध्यक्षता निर्माका अध्यक्ष डा. रबिन्द्र घिमिरे रहेका थिए ।

सोही कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देब सुवेदी, जीवन बीमक संघ नेपालका अध्यक्ष पोषकराज पौडेल, नेपाल बीमक संघका अध्यक्ष बिरेन्द्र बैदवार क्षेत्री, नेपाल बीमा प्राधिकरणका पूर्व अध्यक्ष फत्त बहादुर केसी, पेशागत बीमा अभिकर्ता संघ नेपालका महासचिव ओम केसी, सर्भेयर संघका अध्यक्ष मोहन पुरुष ढकाल, इप्पानका पदाधिकारी, निर्माका सदस्य लगायतको बाक्लो सहभागीता रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*