इजरायलका गगनचुम्बी भवनमा इरानका मिसाइल, स्टक एक्सचेन्ज ध्वस्त

काठमाडौं । इजरायल र इरानको युद्धले उग्र रुप लिदै आजदेखि सातौं दिनमा प्रवेश गरेको छ । युद्धमा इजरायल र इरानले एक–अर्कालाई आर्थिक रुपमा कमजोर बनाउने गरी अर्थतन्त्रका मूख्य क्षेत्रमा बढी क्षति पुग्ने गरी हमला गरीरहेका छन् ।
सातौं दिनमा इरानले शक्तिशाली मिसाइल हमला बाट इजरायलका ठूला–ठूला गगनचुम्बी भवनहरु ध्वस्त पारिदिएको छ । इरानी मिसाइल आक्रमणले बिहीबार तेलअभिव र बिएर सेभालगायत इजरायलका विभिन्न स्थानहरुमा प्रहार गरेको छ । जसमा तेलअभिवको स्टक एक्सचेन्ज भवनमा क्षति पुगेको अल जजीरा र अन्य स्थानीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । ईरानले दर्जनौं ब्यालिस्टिक मिसाइल प्रहार गरेपछि उक्त भवन ‘गम्भीररुपमा क्षतिग्रस्त भएको छ ।
इरानले आज दिउँसो इजरायलको स्टक एक्सचेन्जमा हमला गरको छ । स्टक एक्चेन्जको भवनमा पूर्ण रुपमा क्षेति पुर्याएको छ ।इरानको हमलापश्चता इजरायलको पुँजी बजार आज ५२ साता यताकै उच्च अंकले बढेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
इरानले इजरायलको पुँजी बजार ध्वस्त बनाएर अर्थतन्त्र नै धरापमा पार्ने तरिकाले आर्थिक रुपले महत्वपूर्ण रहेका स्थानमा हमला गरिरहेको छ । केही दिन अघि इजरायलले इरानको सबैभन्दा ठूलो कच्चा तेल प्रशोधन गर्ने क्षेत्रमा हमला गरेको थियो ।
इरानले विश्वकै शक्तिशाली मुलुक अमेरिकालाई समेत टक्कर दिदै इजरायलमा नयाँ –नयाँ शक्तिशाली हतियार प्रयोग गरेर हमला गरिरहेको छ । इरानले प्रयोग गरेका नयाँ मिसाइलहरुलाई इजरायलको प्रतिरक्षा प्रणालीले समेत भेट्न नसक्ने इरानको दावी छ ।
विश्वकै शक्तिशाली प्रतिरक्षा प्रणाली भएको भनिएको इजरायलको कैयौं भवनहरु इरानबाट आएको मिसाइलले ध्वस्त भइसकेका छन् ।
दैनिक सयौं मिसाइलहरु इरानको राजधानी तेहरानमाथिको आकाश र इजरायलको राजधानी जेरुसेलम तथा व्यापारिक शहर तेलअभिभमाथि जुधिरहेका छन् ।