कोशीमा निर्जीवन बीमक कर्मचारीहरूका लागि इन्जिनियरिङ, मरीन र क्लेम सेटलमेन्ट तालिम सम्पन्न
५ असार २०८२, बिहीबार १८:३३

काठमाडौँ । नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयले असार ५ गते बिहीबारका दिन निर्जीवन बीमा कम्पनीका कर्मचारीहरूका लागि इन्जिनियरिङ एण्ड मरीन इन्स्योरेन्स तथा मोटर एण्ड प्रोपर्टी क्लेम सेटलमेन्ट प्रोसेस विषयक एक दिने तालिम सम्पन्न गरेको छ।
बीमा क्षेत्रमा कार्यरत कर्मचारीहरूको सीप अभिवृद्धि र व्यावसायिक दक्षता विकास गर्ने उद्देश्यले आयोजित उक्त तालिममा विभिन्न निर्जीवन बीमा कम्पनीका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। तालिममा करिब ६० जनाको सहभागिता रहेको थियो ।
तालिममा बीमा दाबीको मूल्यांकन, प्रक्रिया र व्यावहारिक पक्षका विविध विषयमा विस्तृत प्रशिक्षण दिइएको थियो।