ग्वार्को फ्लाइओभर आजदेखि सञ्चालनमा आउँदै, सवारी सञ्चालन हुनेछ थप सहज

६ असार २०८२, शुक्रबार १२:१०

काठमाडौं । काठमाडौं उपत्यकाको निकै व्यस्त सडकका रुपमा रहेको ललितपुरस्थित ग्वार्को चोकमा ‘फ्लाई ओभर’ निर्माणले बल्ल पूर्णता पाएको छ ।

पटकपटक भाका सार्दै सम्पन्न भएको ‘फ्लाई ओभर’ आज प्रधानमन्त्री केपी शर्मा ओलीले विधिवत रुपमा उद्घाटन गर्ने कार्यक्रम छ । कार्यक्रममा मन्त्रिपरिषद्का सदस्यहरू र विभिन्न सरकारी निकायका उच्च पदाधिकारीहरू पनि सहभागी हुनेछन् ।

लामो समयदेखि ट्राफिक जामको पर्याय बनेको ग्वार्को चोकमा अब सवारी सञ्चालन थप सहज र सुगम हुनेछ ।

‘फ्लाई ओभर’ निर्माणका क्रममा सास्ती भोगिरहेका सर्वसाधरण अब भने ट्राफिक जामको समस्याबाट मुक्त हुने भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले काठमाडौँ उपत्यकामा निर्माण सम्पन्न बहुप्रतिक्षित ग्वार्को ओभरपास परियोजना निर्माणको प्रक्रिया अगाडि बढाएको थियो ।

केन्द्रले दुई वर्षभित्र काम सम्पन्न हुनेगरी २०७८ साल फागुन १२ गते आशिष–समानान्तर रेलिगेर जेभी निर्माण व्यवसायी कम्पनीसँग ठेक्का सम्झौता गरेको थियो । यसरी २०८० साल फागुन ११ गते ठेक्का सम्पन्न गर्ने मिति तोकिएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*