रास्वपाको अवरोध जारी भएपछि प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हटाइयो
६ असार २०८२, शुक्रबार १२:१७

काठमाडौं । रास्वपा सांसदहरुले आज पनि संसदमा अवरोध जारी राखेका छन् ।
सभामुख देवराज घिमिरेले संसद बैठक सुरु भएको जानकारी गराएलगत्तै रास्वपा सांसदहरु आआफ्नो ठाउँबाट उठेर बैठक अवरुद्ध गरेका हुन् ।
लगत्तै सभामुखले प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाइएको जानकारी गराएका छन् ।