बीमा प्राधिकरणका अध्यक्ष र जीआईसी रिका सीईओबीच भेटवार्ता

६ असार २०८२, शुक्रबार १५:२७

काठमाडौं । जीआईसी भुटान पुनर्बीमा कम्पनी लिमिटेठका प्रमुख कार्यकारी अधिकृत केसाङ वाङदी काठमाडौं आएका छन् ।

बिहीबार जीआईसी भुटान रिका सीइओ वाङ्दी र नेपाल बीमा प्राधिकरणका अध्यक्षबीच भएको भेटवार्तामा पुनर्बीमा सम्बन्धी विविध विषयहरूमा छलफल भएको छ।

छलफलमा वर्तमान पुनर्बीमाको परिदृश्य, पुनर्बीमा क्षेत्रमा देखा परेका विद्यमान चुनौतीहरू र त्यस्ता चुनौतीहरूलाई पहिचान गरेर कसरी सम्बोन गर्ने भन्ने विषय केन्द्रित रहेको प्राधिकरणले जानकारी दिएको छ।

छलफलमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदी, कर्मचारी र जिआइसी–भुटानबाट आएका प्रतिनिधीहरुको सहभागिता थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*