कर्मचारी नियुक्तिमा घुस खाने प्रमुख प्रशासकीय अधिकृत र नासु अख्तियारको नियन्त्रणमा

६ असार २०८२, शुक्रबार १६:३७

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको पोखरीया नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तव र नायव सुब्बा संदीप साहलाई नियन्त्रणमा लिएको छ ।

नगरपालिकाका विभिन्न योजना स्वीकृति, कर्मचारी नियुक्ती लगायतका कार्यमा अनियमितता गरी भ्रष्टाचार गरेको भन्ने उजुरी परेपछि अनुसन्धानका लागि उनीहरुलाई नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

श्रीवास्तव र साह हाल पर्साकै बहदुरमाई नगरपालिका कार्यरत थिए । श्रीवास्तवलाई वीरगञ्ज महानगरपालिका–१२ प्रतिमा चोक र साहलाई वीरगञ्ज महानगरपालिका–३ प्रगतिनगरबाट नियन्त्रणमा लिइएको अख्यियारका सहायक प्रवक्ता देवी प्रसाद थपलियाले जानकारी दिए ।

उनीहरुका साथबाट अख्तियारको मुख्य कार्यालय टंगालबाट खटिएको टोलीले ४ थान मोबाइलसमेत बरामद गरेको जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*