प्रमुख तीन दलका शीर्ष नेताहरूबीच छलफल

६ असार २०८२, शुक्रबार १७:४५

काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरूबिच सङ्क्रमणकालीन न्यायलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।

शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सम्पन्न बैठकमा सङ्क्रमणकालीन न्याय ९टीआरसी० गठनपछि भइरहेका कामकारबाहीबारे समीक्षा गर्नुका साथै त्यससँग सम्बन्धित प्रशासनिक विषयमा समेत छलफल भएको हो ।

छलफलमा सहभागी नेकपा माओवादी केन्द्रका नेता खिमलाल देवकोटाले टीआरसी गठनपछि भइरहेका कामकारबाहीको विषयमा शीर्ष नेतालाई ब्रिफिङ भएको र केही प्रशासनिक काममा भइरहेको अवरोध खुलाउने विषयमा समेत छलफल भएको बताए ।

शान्ति प्रक्रियालाई टुङ्गोमापुर्‍याउन सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोग ९टिआरसी० गठन भएपनि ती आयोगमा कर्मचारी नियुक्ति हुन सकेको छैन ।

तीन दलको बैठकमा प्रधानमन्त्री एवं नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेताहरू सहभागी थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*