कर्मचारी सञ्चय कोषको प्रशासकमा दरखास्त आह्वान, कति चाहिन्छ योग्यता?
८ असार २०८३, सोमबार १२:११

काठमाडौं । नेपाल सरकार अर्थ मन्त्रालय मातहतको कर्मचारी सञ्चय कोषको प्रशासकका लागि दरखास्त आह्वान गरिएको छ। छनोट तथा सिफारिस समितिले खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्ने गरी दरखास्त आह्वान गरेको हो।
यसका लागि कर्मचारी सञ्चय कोष ऐन, १०१९ को दफा ६क बमोजिम योग्यता तथा अनुभव भएको र अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड, २०७३ को दफा ४ बमोजिम अयोग्य नभएको हुनु पर्नेछ।
योग्य तथा इच्छुक व्यक्तिले आवश्यक कागजात सहित असार २२ गतेभित्र अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरबार, काठमाडौंमा गोप्य शिलबन्दी आवेदन दिनु पर्नेछ।












