मेरो माइक्रोफाइनान्समा कर्मचारी माग, कति चाहिन्छ योग्यता?
१९ असार २०८३, शुक्रबार १२:३२

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले सहायक श्रेणीका विभिन्न पदहरूमा कर्मचारी माग गरेको छ।
कम्पनीले शाखा प्रमुख (वरिष्ठ सहायक/सुपरीवेक्षक), फिल्ड सहायक (कनिष्ठ सहायक अनुभवी) र फिल्ड सहायक (कनिष्ठ सहायक प्रशिक्षार्थी) पदमा केही संख्यामा कर्मचारी माग गरेको हो।
सम्बन्धित पदका लागि तोकिएको शैक्षिक लगायत अन्य योग्यता पूरा भएका इच्छुक नेपाली नागरिकल साउन १ गतेभित्र कार्यालय समयसम्ममा रीतपूर्वक अनलाइन आवेदन दिनु पर्नेछ।












