सानिमा रिलायन्स लाइफको १ लाख २ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीका संस्थापक शेयरधनीहरूमध्ये केही शेयरधनीले आफ्नो १ लाख २ हजार ४८ कित्ता संस्थापक शेयर बिक्री गर्न स्वीकृतिका लागि कम्पनीमा निवेदन दिएका हुन् ।
नेपाल बीमा प्राधिकरणबाट जारी ‘संस्थापक शेयर कारोबार सम्बन्धी निर्देशिका, २०८०’ बमोजिम संस्थापक शेयर खरिद–बिक्री गर्दा विद्यमान संस्थापक शेयरधनीहरूलाई पहिलो प्राथमिकता दिनुपर्ने व्यवस्था रहेको कम्पनीले जनाएको छ। साथै, विद्यमान संस्थापक शेयरधनीहरूबीच खरिद–बिक्री हुन नसकेको अवस्थामा मात्र उक्त शेयरहरू निर्देशिकाबमोजिम अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्नुपर्ने व्यवस्था रहेको छ।
उक्त शेयर खरिद गर्ने चाहिने कम्पनीका संस्थापक शेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय, नक्साल, काठमाडौंमा निवेदन पेस गर्न अनुरोध गरेको छ।
तोकिएको समयावधिभित्र कसैको निवेदन प्राप्त नभएमा प्रचलित नियमानुसार अन्य व्यक्ति वा संस्थालाई उक्त शेयरहरू बिक्री गर्न आवश्यक प्रक्रिया अगाडि बढाइने कम्पनीले जनाएको छ।











