आइसिएफसी फाइनान्सको साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

१३ आश्विन २०८३, मंगलवार १६:३६

काठमाडौं । आइसिएफसी फाइनान्सको २३औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८२र८३ को मुनाफाबाट चुक्ता पूँजीको १०। ५२६३५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाले आर्थिक वर्ष २०८३र८४ को लागि बाह्य लेखापरीक्षकमा एस।ए।आर।एसोसिएट्स चार्टर्ड एकाउन्टेन्टस्लाई नियुक्त गरेको छ । साधारण सभाबाट पारित नगद लाभांश आजै शेयरधनीको सम्बन्धित खातामा जम्मा गरिने फाइनान्सले जानकारी गराएको छ ।

चुक्ता पूँजी १ अर्ब १८ करोड ३४ लाख रहेको यस फाइनान्सले हालसम्म आफ्नो २१ वटा शाखा कार्यालय मार्फत सेवा दिदैं आएको छ । संस्थाले चालु आ।व।को भदौ मसान्तसम्म २२ अर्ब ६७ करोड निक्षेप संकलन र रु। १९ अर्ब ६१ करोड कर्जा प्रवाह गरिसकेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*