७४ लाख घुस प्रकरणमा नेपाल बैंकका तत्कालीन अध्यक्ष अधिकारी दोषी ठहर

१३ आश्विन २०८३, मंगलवार १७:२२

काठमाडौं । कर्जा प्रवाहका क्रममा व्यवसायीहरूसँग ७४ लाख रुपैयाँ घुस लिएको अभियोग लागेका नेपाल बैंक लिमिटेड सञ्चालक समितिका तत्कालीन अध्यक्ष डा. चन्द्रबहादुर अधिकारी दोषी ठहर भएका छन् ।

विशेष अदालतले सोमबार (असोज १२ गते) अधिकारीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो ।

विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले अधिकारीसँग सम्बन्धित मुद्दामा फैसला गरेको हो ।

कर्जा प्रवाहका क्रममा तीन व्यवसायीसँग घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८२ जेठमा अधिकारीसहितविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अधिकारीसँग सम्बन्धित ६ वटा छुट्टाछुट्टै मुद्दा दायर भएका थिए ।

विशेष अदालतका अनुसार ती ६ मुद्दामध्ये दुईवटामा अधिकारी दोषी ठहर भएका छन् भने दुईवटामा आंशिक ठहर भएको छ । बाँकी दुईवटा मुद्दामा भने उनलाई सफाइ दिइएको छ ।

यसै प्रकरणमा प्रतिवादी बनाइएका सुमित्राकुमारी घिमिरे र ईश्वरीप्रसाद गौतमले भने सफाइ पाएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*