लगातार घट्दै सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
२६ पुष २०८०, बिहीबार १०:४४

काठमाडौं । केही दिनयता नेपाली बजारमा सुनको मूल्य लगातार घटिरहेको छ । यस्तैमा बिहीबार सुनको मूल्य प्रतितोला दुई सयले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाला सुन प्रतितोला १ लाख १८ हजार ३०० र तेजावी सुन प्रतितोला १ लाख १७ हजार ७५० रुपैयाँमा कायम भएको छ ।

अघिल्लो दिन छापावाला सुन प्रतितोला १ लाख १८ हजार ५०० र तेजावी सुन प्रतितोला १ लाख १७ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्यभने स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार ४१० रुपैयाँमा कायम भएको छ ।












