मिड सोलु हाइड्रोपावरको एक लाख कित्ता शेयर बिक्री गरेर बाहिरिँदै दिपेन्द्र

१५ आश्विन २०८३, बिहीबार १०:१५

काठमाडौँ ।  मिड सोलु हाइड्रोपावर लिमिटेडका एक आधारभूत शेयरधनीले आफ्नो नाममा रहेको १ लाख कित्ता शेयर बिक्रीमा ल्याएको छ ।

कम्पनीले जारी गरेको सूचनाअनुसार आधारभूत शेयरधनी दिपेन्द्रबहादुर साउदले आफ्नो नाममा रहेको १ लाख कित्ता शेयर बिक्री गर्न मनसायसहित कम्पनीमा निवेदन दिएका हुन्।

कम्पनीका अनुसार आधारभूत सेयरधनीले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गर्न चाहेमा सोसम्बन्धी जानकारी कम्तीमा १५ दिन अगावै कम्पनीलाई गराउनुपर्ने प्रावधान रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*