१०० रुपैयाँको नोट अब एटीएमबाटै, दसैंमा लाइन बस्नुपर्ने झन्झट घट्ने

१५ आश्विन २०८३, बिहीबार ११:०९

काठमाडौं ।  नेपाल राष्ट्र बैंकको निर्देशनपछि बैंक तथा वित्तीय संस्थाहरूले सीमित एटीएमबाट १०० रुपैयाँ दरका नयाँ नोट वितरण सुरु गरेका छन्।

दसैंलाई लक्षित गर्दै काठमाडौं उपत्यकाका दरबारमार्ग, सिंहदरबार, न्युरोडलगायतका केही स्थानमा रहेका एटीएमबाट १०० रुपैयाँका नोट निकाल्न सकिने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकका अनुसार बैंकहरूले आफ्ना कुल एटीएममध्ये १५ देखि २५ प्रतिशत मेसिनमा १०० रुपैयाँका नोट राख्ने तयारी गरेका छन्। नयाँ प्रविधिका एटीएममा ३–४ वटा क्यासेट हुने भएकाले १०० रुपैयाँको नोट राख्न सहज भए पनि पुराना एटीएममा प्राविधिक सीमितता रहेको छ।

यस व्यवस्थाबाट विशेषगरी विद्यार्थी, न्यून आय भएका सर्वसाधारण तथा खुद्रा रकम आवश्यक पर्ने ग्राहकलाई राहत पुग्ने र दसैंमा साना नोट साट्न बैंक काउन्टरमा लाग्ने भिड कम हुने अपेक्षा गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*