सङ्घीय निजामती सेवासम्बन्धी कानुन सम्बन्धी विधेयक’ सङ्घीय संसद्मा पुग्यो

१५ आश्विन २०८३, बिहीबार ११:४६

काठमाडौं । सङ्घीय निजामती सेवासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ सङ्घीय संसद्मा पुगेको छ ।

बिहीबार विधेयक सचिवालयमा आइपुगेको सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए गत मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सङ्घीय निजामती सेवा विधेयक संसद्‌मा पेस गर्न स्वीकृति दिने निर्णय गरेको थियो।भदौ २५ गते बसेको मन्त्रिपरिषद् बैठकले यो विधेयकमाथि रायरपरामर्श लिन लोकसेवा आयोगमा विधेयकको मस्यौदा पठाउने निर्णय गर्दै त्यही दिन विधेयक आयोग पठाएको थियो ।

लोकसेवा आयोगले सङ्घीय निजामती सेवा विधेयकउपर आफ्नो राय दिएपछि भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लगेको विधेयक मन्त्रिपरिषद्‌ले स्वीकृत दिएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*