सम्पदाको डिजिटल संरक्षण र प्रवर्द्धन अभिवृद्धिको लागि मेसोभिसनको ‘सम्पदा परियोजना’

२९ पुष २०८०, आईतवार १५:४९

काठमाडौं । सूचना प्रविधि कम्पनी मसोभिसन टेक्नोलोजी प्रालीले नेपालको धार्मिक तथा सांस्कृतिक सम्पदाको ‘डिजिटल संरक्षण तथा प्रवर्द्धन अभिवृद्धि’ का लागि ‘सम्पदा परियोजना’ सुरु गरेको छ ।

कम्पनीले शुक्रवारबाट औपचारिक रूपमा ‘डिजिटल संरक्षण तथा प्रवर्द्धन अभिवृद्धि’ का लागि ‘सम्पदा परियोजना’ सुरु गरेको हो ।

कम्पनीले व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत शुरु गरेको परियोजनाबाट समृद्ध सांस्कृतिक र धार्मिक धरोहरहरुको डिजिटल संरक्षण र प्रवर्द्धन हुने अपेक्षा लिएको छ । यसबाट नेपालको ऐतिहासिक तथा सांस्कृतिक वैभवको अन्तर्राष्ट्रिय क्षेत्रमा समेत थप पहिचान प्राप्त गर्ने अपेक्षा गरेको मेसोभिसन अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत नारायण क्षेत्रीले बताए ।

अध्यक्ष नारायण क्षेत्रीले भने, ‘नेपालको धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण तथा प्रवर्द्धनका लागि हामी स्थानीय सरकार, स्थानीय र सामुदायिक संघसंस्थाहरुको सहकार्यमा यो परियोजना सञ्चालित गर्छौँ । जसका लागि कम्पनीले ‘कहाँ’ नामको एप सञ्चालनमा ल्याएको छ ।’

कम्पनीले सम्पदा परियोजनाको उद्देश्य प्राप्त गर्नका लागि प्रयोगकर्ता केन्द्रमा राखेर नवप्रवर्द्धन, कम खर्चिलो, प्रविधि प्रयोगका लागि ‘कहाँ’ एप बनाएको हो ।

‘ऐतिहासिक तथा सांस्कृतिक रूपमा महत्त्वपूर्ण विषयलाई डिजिटल संरक्षणका लागि स्रोतको प्रभावकारी विनियोजन गरेर मेसोभिसन टेक्नोलोजीले अहिले देखिएको समस्यालाई समाधान गर्न खोजेको छ’, क्षेत्रीले भने, ‘मेसोभिसनले सीएसआर अन्तर्गत सञ्चालन कार्यक्रममा सबैले निःशुल्क सहज रूपमा एप प्रयोग गर्न पाउनु हुने छ ।’

‘प्रयोगकर्ताको सम्पदाको वैभवसँग बढीभन्दा बढी अन्तरक्रियात्मक होस भन्ने कहाँ एपमा विभिन्न विशेषतालाई समावेश गरेको छ । यसमा राखिएको जानकारी आधिकारिक स्रोतबाट ल्याइने हुनाले विषयवस्तु विश्वसनीय हुनेछ । यसमा नेपाल, अंग्रेजीसहित विभिन्न भाषाहरूमा जानकारी पाइनेछ ।

प्रयोगकर्ताको सहजताका लागि शब्दलाई आवाजमा रूपान्तरण गर्न सक्ने गरी निर्माण गरिएको छ । सम्पदाको फोटो, भिडियो र ३६० डिग्री भ्युको सुविधा प्रयोग गरेर त्यसमा वृहत् श्रव्यको प्रयोग गरिएको छ । प्रयोगकर्ताले एप मा रहेको च्याट सुविधा प्रयोग गरेर स्थानीय समुदायसँग सम्बन्ध बनाउने र अन्तर्क्रिया गर्न सकिनेछ ।

एपको लोकेसन शेयरिङ तथा नेभिगेसनबाट तथा सम्पदा क्षेत्र पत्ता लगाउन र पुग्न सकिनेछ । एपमा रहेको नोटिस बोर्डबाट अद्यावधिक जानकारीबाट सुसूचित हुनेछ र क्युआर जेनेरासन तथा ‘कहाँ’ मा ट्याग गरी सूचना शेयर गर्न सकिने छ’, क्षेत्रीले भने ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*