पुस मसान्तमा एनसीएचएल सिस्टमबाट ८४ अर्ब बढीको कारोबार

२ माघ २०८०, मंगलवार १४:२४

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) ले आफ्नो विभिन्न प्रणालीहरु मार्फत् पुस मसान्तको अन्तिम दिनमा रु.८४ अर्ब भन्दा बढिको भुक्तानी कारोबार फछ्र्यौट गरेको छ । गत वर्षको सोहि दिनमा भएको भुक्तानी कारोबारको तुलनामा उक्त कारोबार संख्याको आधारमा ६०% र रकमको आधारमा ७०% ले बृद्धी भएको हो ।

एनसीएचएलका प्रणालीहरु मध्ये एनसीएचएल–ईसीसी, एनसीएचएल–आईपीएस र आरपीएसमार्फत् क्रमश रु.४१ अर्ब, रु.१४ अर्ब र रु.२९ अर्ब बराबरको भुक्तानी कारोबार उक्त एक दिनमा फछ्र्यौट भएको हो ।

विद्युतीय भुक्तानीको स्वीकार्यता सँगै आरपीएसअन्तर्गत कनेक्ट आइपिएस (वेब, एप तथा गेटवे), कर्पाेरेटपे, बैंक शाखाहरु, मोबाइल बैंकिङ्ग, वालेट तथा एनपीआईसँग जोडिएका विभिन्न च्यानलहरु मार्फत् रियल टाइम भुक्तानीको संख्यामा अधिकतम बृद्धी भएको देखिन्छ ।

त्यस्तै पौष मसान्तको अन्तिम दिनमा एनसीएचएल–आईपीएस र आरपीएसमार्फत् रु. १.६ अर्ब बराबरको राजस्व संकलन तथा रु. ६.८ अर्ब बराबरको सरकारी खर्च सम्बन्धी १ लाख २५ हजार भन्दा बढि भुक्तानी कारोबारहरु भएका छन् । सरकारी भुक्तानी सम्बन्धी कारोबारहरु कनेक्ट आइपिएस, कर्पाेरेटपे, नेपालपे क्यूआर, गेटवे, बैंक शाखाहरु, मोबाइल बैंकिङ्ग तथा वालेट मार्फत गर्न सकिने व्यवस्था रहेको छ ।

नेपाल सरकार र नेपाल राष्ट्र बैंकले लिएको नितिगत पहलहरुले नेपालको विद्युतीय भुक्तानीमा उल्लेख्य परिवर्तन आएको देखिन्छ । एनसीएचएलका भुक्तानी प्रणालीहरुमा डाइरेक्ट सदस्यका रुपमा ५३ बैंक÷वित्तीय संस्थाहरु तथा इन्डाइरेक्ट÷टेक्निकल सदस्यका रुपमा १०० भन्दा बढि गैर–बैंकिङ्ग संस्थाहरु आबद्ध भई प्रयोग गर्दै आएका छन् । सदस्य बैंक÷वित्तीय संस्थाले आफ्ना ७ हजार भन्दा बढि शाखाहरु तथा मोबाइल बैंकिङ्ग प्लेट्फर्म मार्फत् आफ्ना दुइ करोड भन्दा बढि ग्राहकहरुलाई यी सेवाहरु प्रदान गर्दै आएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*