सुनको मूल्य घट्यो, कतिमा हुँदैछ आजको कारोबार ?

३ माघ २०८०, बुधबार १०:५२

काठमाडौं । सुनको भाउ घटेको छ । आज सुन प्रतितोला १२०० रुपैंयाले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १८ हजार २०० रुपैयाँ र तेजावी सुन १ लाख १७ हजार ६५० रुपैंयामा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिन मंगलबार सुन प्रतितोला १ लाख १९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो भने तेजावी सुन १ लाख १८ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै उक्त दिन चाँदीको भाउ १५ रुपैयाले घटेर प्रतितोला १ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४१५ रुपैंयामा कारोबार भएको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*