बेष्ट फाइनान्सको एक लाख पाँच हजार कित्ता सेयर बिक्रीमा, क–कस्ले दिने आवेदन ?
४ माघ २०८०, बिहीबार ११:२८

काठमाडौँ । बेष्ट फाइनान्सले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको एक लाख पाँच हजार ५३३ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
उक्त सेयर खरिद गर्ने चाहने इच्छुुक विद्यमान सस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (माघ ४ गते) ले ३५ दिन भित्र प्रधान कार्यालय कमलादी काठमाडौँमा आवेदन दिन सकिनेछ ।
तोकिएको अवधि भित्र सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा उक्त सेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।












