१५ लाख रुपैयाँ घुस रकमसहित वडाध्यक्ष पक्राउ
४ माघ २०८०, बिहीबार १२:४२

काठमाडौँ । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–९ का वडाध्यक्ष नृपेश बादे, १५ लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडाध्यक्ष बादेलाई गएराति भक्तपुर मध्यपुर थिमि नगरपालिका–३ गठ्ठाघरबाट पक्राउ गरेको हो । घर बाटो सिफारिस गर्न भन्दै घुस रकम लिइसकेको अवस्थामा बादेलाई पक्राउ गरिएको हो ।
उनी माथि थप अनुसन्धान चलि रहेको प्रहरीले जनाएको छ ।












