नेपाल पुनर्बीमा कम्पनीले मुद्दती निक्षेपमा लगानी गर्ने
४ माघ २०८०, बिहीबार १३:१०

काठमाडौँ । नेपाल पुनर्बीमा कम्पनीले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै मुद्दती निक्षेपमा लगानी गर्न लगानीयोग्य क वर्गका बैंक तथा वित्तीय संस्थालाई शिलबन्दी प्रस्ताव पेश गर्न आह्वान गरेको हो ।
कम्पनीले लगानीयोग्य रकम एक वर्ष वा सो भन्दा बढी अवधिको मुद्दती निक्षेपमा लगानी गर्नुपर्ने भएकोले सोहि बमोजिम कम्पनीले नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क वर्गका बैंक तथा वित्तीय संस्थाको केन्द्रिय कार्यालय मार्फत लिन चाहेको प्रस्तावित अमेरिकन डलर मुद्दति निक्षेप रकम, ब्याजदर र भुक्तानीको तरिका समेत यस कम्पनीको तोकेको शिलबन्दी प्रस्ताव फाराममा उल्लेखित गर्नु पर्नेछ । सम्पूर्ण विवरण भरी तीन दिन भित्र गोप्य शिलबन्दी प्रस्ताव पेश गर्ने सकिनेछ ।












