बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
५ माघ २०८०, शुक्रबार १०:३९

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ । शुक्रबार सुन तोलामा ५०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख १८ हजार रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, चाँदी पनि तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको छ ।












