सोमबार सुनचाँदीको भाउ स्थिर

८ माघ २०८०, सोमबार १२:०५

काठमाडौं । सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंयका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १८ हजार ४०० रुपैयाँमा कायम भएको छ । अघिल्लो दिनपनि छापावाला सुन सोही मूल्यमा कायम रहेर कारोबारमा आएको थियो ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख १७ हजार ८५० रुपैयाँमा कायम भएको छ । आइतबार पनि तेजावी सुन सोही मुल्यमा कारोबार भएको थियो । आज चाँदीको मूल्यपनि स्थिर रहेर प्रतितोला १ हजार ३९० रुपैयाँमा कायम भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*