स्वास्थ्य बीमाको उपचार रकम बढाएर ५ लाख रुपैयाँ पुर्याउने स्वास्थ्य मन्त्रीको प्रस्ताव

२७ श्रावण २०८१, आईतवार १७:५१

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमाको उपचार रकम बढाएर ५ लाख रुपैयाँ पु(याउन प्रस्ताव गरेका छन् । आइतबार मन्त्रालयमा आयोजित प्रेस मिटमा पौडेलले सरकारले स्वास्थ्य बीमाको उपचार एक लाखबाट बढाउन प्रस्ताव गरेका हुन् ।

आमा सुरक्षा कार्यक्रम, सरकारले दिने ८ वटा रोगको उपचार खर्च, विभिन्न खाद्य पदार्थमा सुगर कर लगाएर बीमा रकमको स्रोत सुनिश्चित गर्ने उनले बताएका छन् ।

मन्त्री पौडेलले विभिन्न क्षेत्रमा रहेका स्वास्थ्य बीमा सेवा उपचार एकद्वार बनाउनु पर्ने बताए ।

पछिल्लो समय स्वास्थ्य बीमामा २८ प्रतिशत जनसङ्ख्या आबद्ध रहेकोमा नवीकरण गर्नेको सङ्ख्या भने घटेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्य मन्त्रीका प्राथमिकता तथा कार्ययोजना

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*