सिभिल मलमा एससिटी–युपिआई कार्डधारकका लागि चार घण्टासम्म निःशुल्क पार्किङ सुविधा

१९ मंसिर २०८१, बुधबार ०६:५८

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र काठमाडौंको सुन्धारास्थित सिभिल मलबीच सहकार्यमा एससिटी–युपिआई कार्डधारकका लागि निःशुल्क पार्किङ सेवा शुरू गरिएको छ।

यस सुविधाअन्तर्गत एससिटी–युपिआई कार्ड प्रयोगकर्ताले आफ्नो कार्ड देखाएर सिभिल मलको भूमिगत पार्किङ क्षेत्रमा चार घण्टासम्म निःशुल्क पार्किङ गर्न सक्ने भएका छन्। यो सेवा मंसिर १६ गतेदेखि शुरू भई आगामी ६ महिनासम्म लागू हुनेछ।

एससिटी–युपिआई कार्ड लिन इच्छुक ग्राहकले एससिटीसँग आबद्ध कुनै पनि सदस्य बैंक वा वित्तीय संस्थामा गई कार्डका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*