आज पनि बढ्यो सुनको मूल्य, प्रतितोला कति ?

२० मंसिर २०८१, बिहीबार १०:३१

काठमाडौँ । नेपाली बजार आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन भने सुन तोलामा एक लाख ५० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको थियो ।

यता, चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ८८० रुपैयाँमा खरिदबिक्री भइरहेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*