कालीमाटीमा तरकारीः काउली ६०, इस्कुस ३०, घिरौला ८० रुपैयाँ किलो

२३ मंसिर २०८१, आईतवार ०७:३५

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा मंसिर २३ गतेका लागि मूल्य निर्धारण भएको छ। जसअनुसार आज सानो लोकल गोलभेडा ८० रुपैयाँ, स्थानीय काउली र लोकल बन्दा ६० रुपैयाँ, इस्कुस ३० रुपैयाँ र घिरौला ८० रुपैयाँ किलो न्यूनतम मूल्य तोकिएको छ।

त्यसैगरी यस दिन लोकल गाजर ११० रुपैयाँ, सेतो लोकल मूला ३० रुपैयाँ, तने बोडी १०० रुपैयाँ, मटरकोशा १४० रुपैयाँ, तीते करेला १०० रुपैयाँ, लौका ६० र लोकल परवर ७० रुपैयाँ, चिचिण्डो र पाकेको फर्सी ५० रुपैयाँ, कन्य च्याउ २०० र डल्ले च्याउ २५० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्यमा किनबेच भइरहेको छ।

आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*