घट्यो सुनको मूल्य, अब प्रतितोला कति ?
२३ मंसिर २०८१, आईतवार १०:३२

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ४०० रुपैयाँले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार सुनको मूल्य तोलामा एक लाख ५० हजार १०० रुपैयाँमा खरिदबिक्री भइरहेको थियो ।
यता, चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ८६५ रुपैयाँमा कारोबार भइरहेको छ ।













